9 months ago
April 21, 2024
एजेन्सी – घरेलु टोली वल्भ्समाथि २–० काे सहज जित हात पार्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।
आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटी र लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।वल्भरह्याम्टनमा शनिबार राति भएको खेलमा आर्सनललाई जिताउन लियान्द्रो ट्रोससार्ड र मार्टिन ओडेगार्डले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले गाब्रिएल जेससको पासलाई सदुपयोग गरे ।
आर्सनलको दोस्रो गोल पनि खेलको अन्तिम समयमा नै रह्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलाई सहज जित दिलाए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलको ३३ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ७३ तथा लिभरपुलको ७१ अंक छ । पराजित वल्भ्स ४३ अंक जोडेर ११औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा ब्रेन्टफर्डले लुटनलाई ५–१ ले पराजित गरको छ । यस्तै बर्नलेले सेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको छ ।
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज बागमती युथ क्लबले त्रिभुवन आर्मी क्लबको समाना गर्दैछ। आर्मी जारी लिगमा बागमतीलाई तेस्रो पटक दाउमा रहनेछ। आर्मीले दोस्रो चरणमा बागमतीलाई ३-० शुन्य र अन्तिम चरणको पहिलो लेगमा भने २-० ले हराएको थियो। पछिल्लो जितमा विमला बिक र सपना लामाले गोल गरेका थिए। विभागीय टोली आर्मी, […]
January 13, 2025
एजेन्सी – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस ला लिग एल क्लासिकोमा पनि बार्सिलोनाले रियललाई ४-० ले हराएको थियो । बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको […]
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]