default_image

2 years ago

April 21, 2024

सि डिभिजन लिगमा महावीरको पहिलो जित

348 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आइतबार भएको एकमात्र खेलमा महावीर क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा महावीरले समाज कल्याण स्पोर्ट्स सेन्टर क्लब माथि ३-२ को जित निकाल्दै सिजनको पहिलो जित दर्ता गरेको हो ।

महावीरको जितमा सन्दिप श्रेष्ठले नवौं र ५०औं मिनेटमा गरी गोल गरे। सुरज थारुले ६८औं मिनेटमा एक गोल गरे । उता समाज कल्याणका लागि मनोज नेपालीले ४८औं मिनेटमा र शरद राईले ८८औं मिनेटमा एक गोल गरे ।

जित पछि महावीर क्लब ४ खेलमा १ जित, २ बराबरी र १ हारमा ५ अंक बटुल्दै छैटौं स्थानमा छ । समाज कल्याण ४ खेलमा १ जित, २ बराबरी र १ हार सहित ५ अंक नै बटुल्दै सातौं स्थानमा छ ।

सि डिभिजनमा सोमबार दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा दिउँसो १ः०० बजे बागमती युथ क्लब र स्वयम्भू क्लब भिड्ने । साँझ ५:१५ बजे आरसी ३२ फुटबल एकेडेमी र सामाजिक युथ क्लब प्रतिस्पर्धा गर्ने छन् ।

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

Success

Thank you for your time.