default_image

3 months ago

April 21, 2024

सि डिभिजन लिगमा महावीरको पहिलो जित

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आइतबार भएको एकमात्र खेलमा महावीर क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा महावीरले समाज कल्याण स्पोर्ट्स सेन्टर क्लब माथि ३-२ को जित निकाल्दै सिजनको पहिलो जित दर्ता गरेको हो ।

महावीरको जितमा सन्दिप श्रेष्ठले नवौं र ५०औं मिनेटमा गरी गोल गरे। सुरज थारुले ६८औं मिनेटमा एक गोल गरे । उता समाज कल्याणका लागि मनोज नेपालीले ४८औं मिनेटमा र शरद राईले ८८औं मिनेटमा एक गोल गरे ।

जित पछि महावीर क्लब ४ खेलमा १ जित, २ बराबरी र १ हारमा ५ अंक बटुल्दै छैटौं स्थानमा छ । समाज कल्याण ४ खेलमा १ जित, २ बराबरी र १ हार सहित ५ अंक नै बटुल्दै सातौं स्थानमा छ ।

सि डिभिजनमा सोमबार दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा दिउँसो १ः०० बजे बागमती युथ क्लब र स्वयम्भू क्लब भिड्ने । साँझ ५:१५ बजे आरसी ३२ फुटबल एकेडेमी र सामाजिक युथ क्लब प्रतिस्पर्धा गर्ने छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.