default_image

3 months ago

April 22, 2024

सी लिगका ९ क्लबको एन्फा अध्यक्षलाई ध्यानाकर्षण पत्र

1286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ ले सहिद स्मारक सी डिभिजन लिगमा अर्कै क्लबमा आबद्ध खेलाडीलाई नियमविपरित खेलाएको भन्दै ९ वटा क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र दिएका छन् ।

सी डिभिजनका प्रतिनिधिले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र सहायक महासचिव अरुणमान जोशीलाई सोबार ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।

आरसी ३२ ले खालीबारी युवा क्लब तथा महावीर क्लबविरूद्धको खेलमा अर्कै क्लबमा आबद्ध खेलाडी निमयविपरित खेलाएको आरोप लगाइएको छ । त्यस्ते तीन ९ क्लबले बी डिभिजन लिगको मिति घोषणा नभए सी डिभिजन लिग नै स्थगित गर्नु पर्ने अवस्था आउने भन्दै अध्यक्षलाई नेम्बाङ ध्यानाकर्षण गराएको बताएा छन् ।

आरसी ३२ विरुद्ध ध्यानाकर्षण गराउनेमा महावीर, खालीबारीसहित, स्वयम्भू क्लब, सामाजिक युवा क्लब, झम्सीखेल युथ क्लब, मनोहरा एकिकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स क्लब, गोलबजार स्पोर्ट्स क्लब र समाज कल्याण खेलकुद केन्द्र छन् । जारी सि डिभिजन लिगमा १४ क्लब सहभागी छन् ।

एन्फाको खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न सक्ने नियम भएको क्लबहरुले स्मरण गराएका छन् । तर आरसी ३२ ले बी डिभिजन क्लब झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगरलाई खेलाएको भन्दै कारबाहीको माग गरेका छन् ।

चैत २२ गते खालीबारीविरुद्धको सुमनलाई खेलाएपछि एन्फालाई पत्राचार गरेको र एन्फाबाट कारबाहीको प्रक्रियामा रहेको भन्ने मौखिक जानकारी आएको क्लबहरुको भनाइ छ । तर आरसी ३२ ले वैशाख ४ मा महावीरसँगको खेलमा पनि सुमनलाई टोलीमा राखेकोमा पनि क्लबहरुले नियमबमोजिम कारबाहीको माग गरेको बताएका छन् ।

सुमनले वैशाख ४ मा झापा क्लबबाट रिलिज पत्र ल्याए पनि खेलाडी दर्ता ४८ घन्टाअघि नै हुनु पर्ने फिफाको नियम भएको पनि क्लबहरुको संयुक्त भनाइ छ । साथै क्लबहरुले गत चैत २५ गते हुने भनिएको बी डिभिजन लिग अहिलेसम्म नभएको पनि आपत्ति जनाएका छन् ।

बी डिभिजन सञ्चालनको मिति सी डिभिजन लिगको सातौं चरणको समाप्तीसम्म घोषणा गर्न उनीहरुले माग गरेका छन् । बी डिभिजन लिग घोषणा नभए सी डिभिजन लिग बीचैमा स्थगित हुन सक्नेमा पनि उनीहरुले सचेत गराएका छन् । क्लबहरुले सी डिभिजन लिगमा निर्णायकको विवादित निर्णयलाई छानविन दायरामा ल्याउन पनि माग गर्दै सक्षम निर्णायकबाट खेल सञ्चालन गर्न अनुरोध गरेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.