default_image

2 weeks ago

April 22, 2024

गोदावरी नगरपालिकाले मेयर कप फुटबल गर्ने

213 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाको आयोजनामा यसै साता उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

गोदावरी १० टाहाखेल, झ्यालुन्टारमा नगरपालिकाले निर्माण गरेको गोदावरी बहुउद्धेश्यीय रंगशालामा फुटबल सन्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिका प्रवक्ता मिलन सिलवालले जानकारी दिए ।

वैशाख १५ सुरु हुने प्रतियोगितामा काठमाडौं जिल्लाको ९, ललितपुर जिल्लाको ४ स्थानीय तहको ५ टोली र भक्तपुर जिल्लाको १ स्थानीय तह गरि १५ टोलीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख, दोस्रो टोलीले ३ लाख, अनुसाशित टोलीले ५० हजार, हरेक खेलको प्लेयर अफ दी म्याचले ५ हजार, विधागत उत्कृष्टले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सहभागी टोलीले सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा खेलाडीलाई सहभागी गराउन पर्नेछ । नेपाल कांग्रेसका सभापति एवंम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको उद्घाटन गर्ने बताइएको छ ।

May 6, 2024

अन्जना एनआइसी एसिया बैंकको ब्राण्ड प्रमोटर

काठमाडौं (हाम्रो खेलकुद)- एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल तथा त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटर नियुक्त गरेको छ। गत वर्ष फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली राष्ट्रिय महिला टोलीको सम्मानमा बैंकले सोमबार आयोजना कार्यक्रमकै दौरान अन्जनालाई ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको हो।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

Success

Thank you for your time.