default_image

3 months ago

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

275 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ ।

निर्धारित समयसम्म २–२ को बराबारी भएपछि पेनाल्टी भएको थियो । पेनाल्टी सुटआउटमा प्रहरीका उज्जल राई, सन्देश विक, विवेक राई र सुमित प्रधानले गोल गरे । गोलबजार विनोद राई र निरजल मोक्तानले मात्र गोल गरे । गौरव श्रेष्ठ र मिन धिमालको प्रहार प्रहरीका गोलकिपर पुरन राईले रोके । दुई पेनाल्टी रोकेका प्रहरीका पुरन खेलको प्लेयर अफ म्याच घोषित भए ।

पहिलो हाफमा गोलबजारले अग्रता लिएको थियो । १२ औं मिनेटमा निशान्त लिम्बुले गोल गर्दै अग्रता दिलाए । पेनाल्टी बक्स भित्र सन्दिप लिम्बुको पासमा निशान्तले गोल गरे । ४४ औं मिनेटमा रमेश राजवंशीले गोल गरेपछि खेललाई १–१ बराबरी भयो । अभिषेक आलेमगरले निकालेको पासलाई रमेशले गोल गरे ।

खेल सकिन २ मिनेट बाँकी रहँदा सिनोद राईले गोल गरेपछि गोलबजारले दोस्रो पटक अग्रता लियो । त्यसको एक मिनेट बित्न नपाउँदै प्रहरीका विवेक राईले बराबरी गोल गरे । बुधबार हुने पहिलो सेमिफाइनल एपीएफ फुटबल पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ ।

वैशाख १५ गते हुने फाइलनको विजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र दोस्रो टोलीले १ लाख ११ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.