9 months ago
April 24, 2024
सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ ।
सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । कोशी भने थप २ गोल गर्न सफल रहयो।
५२औं मिनेटमा ममता रावतले कोशीको अग्रता दोब्बर गरिन् । त्यसपछि ९०औं मिनेटमा समिक्षाले व्यक्तिगत दोस्रो गोल गरिन् । लिग छनोटमा समिक्षाको यो चौथो गोल हो । उनले यसअघि सुदुरपश्चिम प्रदेश विरूद्ध पनि २ गोल गरेकी थिइन् । कोशीकी समिक्षा प्लेयर अफ दी म्याच घोषित भइन् ।
कोशीले पहिलो खेलमा कर्णालीलाई ३–० र दोस्रो खेलमा सुदूरपश्चिमलाई २–१ ले हराएको थियो । गण्डकीको भने यो दोस्रो हार हो । उसँग ३ अंक छ । आज हुने दोस्रो खेलमा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]