default_image

9 months ago

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

3431 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो ।

बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा नै आर्टेम डोभबिकले जिरोनाका लागि बराबरी गोल गरे ।

पहिलो हाफको अन्त्यतिर पेनाल्टी मार्फत रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर दोस्रो हाफमा बार्सिलोनाले तीन गोल खाना पुग्यो ।

६५औं मिनेटमा क्रिस्टियन पोर्टुले जिरोनाका लागि पुनः बराबरी गोल गरे । ६७औं लिने मिगेल गुटीएरेजले गोल गर्दै जिरोनालाई अग्रता दिलाए । ७५औं मिनेटमा पोर्टुले उत्कृष्ट गोल सहित जिरोनाका लागि चौथो गोल गरे ।

रियलको ३४ खेलमा ८७ अंक रहेको छ । जिरोना ७४ अंकसहित दोस्रो स्थानमा र तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलमा ७३ अंक छ । बार्सिलोनाले जिरोना विरुद्धको खेलमा जित हासिल गर्न नसके रियलको उपाधि पक्का हुने थियो । बार्सिलोनाले हार बेहोरेसँगै रियलको उपाधि पक्का भएको हो ।

रियलले आज नै भएको खेलमा काडिज विरुद्ध ३-० को जित हासिल गरेको थियो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले एक एक गोल गरे ।

रियलको यो कीर्तिमानी ३६ पटक स्पेनिश लिग उपाधि हो । दोस्रो धेरै लिग उपाधि जितेको बार्सिलोनाको २७ लिग उपाधि रहेको छ ।

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

February 8, 2025

पुलिस आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली‌ मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]

Success

Thank you for your time.