default_image

3 months ago

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

329 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र युएईबीच विश्व कप छनोट खेल नहुने सम्भावना बढेको छ ।

एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर प्रश्न गर्दै दशरथ रंगशालामा खेल आयोजना हुन नसक्ने संकेत गरेको छ ।

त्यहि विषय सोमबार सन्चारमाध्यमबाट सार्वजनिक भएपछि मन्त्री श्रेष्ठ मन्त्रालयका सह सहचिवसहित मंगलबार दशरथ रंगशालमा पुगेका थिए । उनले त्यहाँ अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्राविधकसँग छलफल गरेका थिए ।

राखेपका प्राविधिकले आफूहरुलाई एएफसीको निरिक्षण टोली आएका विषयमा कुनै जानकारी नभएको दाबी गरिरहँदा एन्फाले निरीक्षणका समयमा राखेपका कर्मचारीसँग समन्व्य भएको जीकिर गरेका छन् ।

दुबै पक्षको भनाई सुनेपछि मन्त्री श्रेष्ठले नेपालमा फुटबल होस् भन्ने सबैको चाहना भएपनि समन्वय अभावको कमी रहेको बताए । उनले राखेप र एन्फासँगको छलफलमा ५ दिन भित्र दशरथ रंगशालाको अहिलेको अवस्था, त्यसमा गरिनुपर्ने सुधारसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले एन्फा अध्यक्ष नेम्वाङलाई एएफसीको निरीक्षण गर्दा राखेपसँग समन्वय नगरेको आक्रोष पोखेका थिए । उनको प्रश्न थियो, प्ररिक्षण आउँदा तपाईले राखेपलाई जानकारी गराउनुभयो? समन्वय गर्नुभयो? किन त्यो जरुरी देख्नु भएन ? नेम्वाङले त्यो जरुरी नभएको र एएफसी परिक्षकले आफ्नो ढंगले काम गर्ने दाबी गरे ।

एन्फा अध्यक्ष नेम्वाङले एएफसीसँग मैदानको स्तर उन्नतीका लागि १० दिनको समय मागेको र युएईसँगको खेल दशरथ रंगशालामा हुने सम्भावना अझै रहेको बताएका छन् ।

प्रारम्भिक चरणको निर्णयपछि एएफसीले एन्फालाई दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नदिने भएको छ । एएफसीले रंगशाला अयोग्य भनेसँगै एएफसीका क्लब प्रतियोगितामा पनि नेपालले खेल्न नपाउने डर बढेको छ ।

एएफसीको क्लब लाइसेन्स प्राप्त गर्न आफ्नै मैदान आवश्यक हुन्छ । तर नेपालमा क्लबको आफ्नो मैदान नभएकाले रंगशालालाई नै मुख्य मैदान देखाउने गरिएको थियो ।

नेपालले अघिल्लो महिना बहराइनविरुद्ध हुनुपर्ने खेल पनि रंगशालाको स्थितिकै कारण गुमाएको थियो । त्यसबेला बहराइनले मैदानको अवस्थाका कारण खेल्न मानेको थिएन । त्यसपछि मैदानको मर्मत संम्हारको जिम्मेवारी आफैले राखेको थियो । त्यसअघि एन्फालाई जिम्मा दिएको थियो ।

राखेपले जिम्मेवारी लिएपछि निरन्तर मैदान सुधार्ने काम भएपनि एएफसीले मैदानलाई मान्यता नदिएको हो । फ्लड लाइट र सुरक्षा नीतिबारे भने रंगशालामा भौतिक रुपमा नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । यसले सरकार र त्यस मातहतका निकायको कामप्रति प्रश्न खडा भएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.