default_image

2 months ago

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

395 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड
आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै टिमले कम्तिमा ५५ हजार ५ सय ५५ रुपैयाँ सुरक्षित गरेका छन् ।

खेलको ३६ औँ मिनेटमा पूर्वेलीका रमेश गुरुङले गोल गर्दै अग्रता दिलाए । त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा कप्तान दिनेश चौधरीले गोल थप्दै खेलको स्थिति २–० मा पुर्याए । खेलको ४० औँ र ४७ औँ मिनेटमा पूर्वेलीका विशाल राई ए ले गोल गरे । त्यस्तै, ५६ औँ मिनेटमा विकर्ण श्रेष्ठले एक गोल गर्दै फराकिलो जित निश्चित बनाए ।

विराट मेगाले गोल गर्ने अवसर पाए पनि प्रहार फितलो हुँदा स्कोर भने गर्न सकेन । पूर्वेलीका विकर्ण श्रेष्ठका तीनवटा सशक्त प्रहार विराट मेगाका गोलकिप्पर देवकान्त सिंहले बचाएका थिए । प्रतियोगिताको प्लेयर अफ दि म्याच पूर्वेलीका विशाल राई ए भए । उनले नगद २ हजार ५ सय र ट्रफी पाए । उनलाई नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली र व्यवसायी एसपी प्रसाईंले पुरस्कार प्रदान गरे ।

कोशी प्रदेशका ८ वटा टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए । प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए । पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् ।

१५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.