default_image

1 month ago

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

1330 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे ।

डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको रोमा युरोपा लिगको सेमीफाइनलबाट बाहिरिएको थियो । तर उनी लियोनेल स्कालोनीको कोपा अमेरिका टोलीमा परेनन् । एक समय लियोनेल मेस्सीको उत्तराधिकारीका रूपमा हेरिएका ३०-वर्षीय डिबालाले अर्जेन्टिनाका लागि ३८ खेल मात्र खेल्दै ३ गोल गरेका छन् ।

कोपा अमेरिकाका लागि अन्तिम टोलीमा २६ खेलाडीहरू समावेश हुनेछन् । प्रतियोगिताको तयारीका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीले इक्वेडर र ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

संयुक्त राज्य अमेरिकामा जुन २० देखि जुलाई १४ सम्म हुने २०२४ कोपा अमेरिकाको समूह चरणमा अर्जेन्टिनाले क्यानडा, चिली र पेरुविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

गोलकिपर: एमिलियानो मार्टिनेज (एस्टन भिल्ला), जेरोनिमो रुल्ली (आजाक्स), फ्रान्को अरमानी (रिभर प्लेट)

डिफेन्डर: गोन्जालो मोन्टिएल (नोटिङ्घम फरेस्ट), नाहुएल मोलिना (एटलेटिको म्याड्रिड), लियोनार्डो बालेर्डी (मार्सेली), क्रिस्टियन रोमेरो (टोटेनहम), जर्मन पेजेला (बेटिस), लुकास मार्टिनेज क्वार्टा (फियोरेन्टिना), निकोलस ओटामेन्डी (बेन्फिका), मार्कोस अकुना (सेभिल्ला), निकोलस ट्याग्लियाफिको (लियोन), भ्यालेन्टिन बारको (ब्राइटन)

मिडफिल्डर: गुइडो रोड्रिग्वेज (बेटिस), लिआन्ड्रो परेडेस (रोमा), एक्क्विएल पालासियोस (बायर लेभरकुसेन), एन्जो फर्नान्डेज (चेल्सी), जिओभानी लो सेल्सो (टोटेनहम), एन्जल डी मारिया (बेन्फिका), भ्यालेन्टीन कार्बोनी (मोन्जा)

फरवार्ड: लियोनल मेस्सी (इन्टर मियामी), जुलियन अल्भारेज (म्यानचेस्टर सिटी), अलेजान्ड्रो गार्नाचो (म्यानचेस्टर युनाइटेड), निकोलस गोन्जालेज (फियोरेन्टिना), एन्जल कोरिया (एटलेटिको म्याड्रिड), लाउटारो मार्टिनेज (इन्टर)

June 23, 2024

चितवन जिल्ला लिग यसै साता सुरु हुने

सुशिल पन्त क्षेत्री, चितवनसेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल यसै साता सुरु हुने भएको छ। आयोजक चितवन जिल्ला फुटबल संघले असार १४ गते सुरु हुने लिगमा  सहभागी १३ टोलीलाई‌ दुई समूह विभाजन गरेको  छ । सेन्ट्रल टावरमा आज (आइतबार) एक कार्यक्रमकाबीच भएको  विभाजनको समूह ए मा साविक विजेता हनामी भरतपुर फुटबल क्लब (बिएफसी) […]

June 22, 2024

पोर्चुगल युरोको अन्तिम १६ मा

एजेन्सी – लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३-० ले सहजै पराजित गरेको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो । २१औं मिनेटमा बर्नार्डो सिल्भाले […]

June 22, 2024

जर्जिया र चेकियाको बराबरी 

काठमाडौँ (हाम्रोखेलकुद) – यूरो कप २०२४ अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा जर्जिया र चेकियाले बराबरी खेलेका छन् । जर्मनीको ह्यामबर्गमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । पहिलो हाफको अन्त्यतिर जर्जियाले खेलमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोबिन ह्रनाचले बक्स भित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा जर्जेस मिकाउताड्जेले कुनै गल्ती गरेनन् ।   खेलको ५९औ मिनेटमा […]

Success

Thank you for your time.