9 months ago
May 22, 2024
एजेन्सी – युइएफए युरोपा लिगको उपाधिका लागि आज राति अपराजित जर्मन क्लब बायर लेभरकुसेन र इटालियन क्लब एटालान्टा भिड्दैछन् । खेल आयरल्याण्डको डब्लिनस्थित अविभा स्टेडियममा राति १२ः४५ बजे सुरु हुनेछ ।
यसै सिजन इतिहासमा पहिलो पटक जर्मन लिग बुण्डेस्लिगाको उपाधि जितेको लेभरकुसेन सिजनभर अपराजित रहेको छ । लिगको ३४ मध्य २८ खेल जितेको लेभरकुसेन यूरोपा लिगमा समेत कुनै खेलमा पराजित भएको छैन भने जर्मन कपको फाइनलमा समेत पुग्न सफल रहेको छ । लेभरकुसेन ऐतिहासिक अपराजित ट्रेबल सिजन पूरा गर्न दुई जित टाढा छ ।
यसैले प्रशिक्षक जाबी अलोन्सोको टोलीका लागि सबैभन्दा ठूलो बाँकी चुनौती सिजनको ५२औ खेल यूरोपा लिग फाइनल रहेको छ ।
युरोपा लिग लेभरकुसेनका लागि नियमित नाटकिय नै रहेको छ । नकआउट चरणका ६ मध्य ३ खेलमा लेभरकुसेन दोस्रो हाफमा दुई गोलले पछि रहेपनि बराबरी गर्दै अपराजित यात्रा सुरक्षित राखेको छ । अन्तिम १६मा काराबाग विरुद्धको दोस्रो लेग र सेमिफाइनलमा रोमा विरुद्धको दोस्रो लेगमा अन्तिम समयमा गोल गर्दै खेल बराबरी गरेको थियो ।
उता एटालान्टा भने इटालियन सेरी ए तालिकाको पाचौँ स्थानमा रहेको छ । लिगको पाचौँ स्थानको टोली समेत अर्को सिजन च्याम्पियन्स लिग खेल्ने हुँदा एटालान्टा लिगमा पाँचौं स्थान पक्का गर्न धेरै नजिक रहेको समेत छ ।
यस सिजन अघि, यी दुई टोलीले केवल तीनवटा ट्रफीहरू जितेका थिए: एटलान्टाको इटालियन कप १९६३ र लेभरकुसेनको १९८८ युइएफए कप – युरोपा लिगको अग्रदूत – र १९९३ मा जर्मन कप ।
लेभरकुसेनको फाइनल यात्रा:
समूह चरण :
लेभरकुसेन ४-० ह्याकेन
मोल्डे १-२ लेभरकुसेन
लेभरकुसेन ५-१ काराबाग
काराबाग ०-१ लेभरकुसेन
ह्याकन ०-२ लेभरकुसेन
लेभरकुसेन ५-१ मोल्डे
राउन्ड अफ १६:
काराबाग २-२ लेभरकुसेन
लेभरकुसेन ३-२ काराबाग (समग्रमा ५-४ले विजयी)
क्वार्टर फाइनल:
लेभरकुसेन २-० वेस्ट ह्याम
वेस्ट ह्याम १-१ लेभरकुसेन (समग्रमा १-३ले विजयी)
सेमिफाइनल:
रोमा ०-२ लेभरकुसेन
लेभरकुसेन २-२ रोमा (समग्रमा ४-२ ले विजयी)
एटालान्टाको फाइनल यात्रा:
समूह चरण:
एटालान्टा २-० राको
स्पोर्टिंग सिपि १-२ एटालान्टा
स्ट्रम ग्राज २-२ एटालान्टा
एटालान्टा १-० स्ट्रम ग्राज
एटालान्टा १-१ स्पोर्टिङ सीपी
राको ०-४ एटालान्टा
राउन्ड अफ १६:
स्पोर्टिंग सिपि १-१ एटालान्टा
एटालान्टा २-१ स्पोर्टिंग सिपि (समग्रमा ३-१ले विजयी)
क्वार्टर फाइनल:
लिभरपुल ०-३ एटालान्टा
एटालान्टा ०-१ लिभरपुल (समग्रमा ३-१ले विजयी)
सेमिफाइनल:
मार्सेल १-१ एटालान्टा
एटालान्टा ३-१ मार्सेल (समग्रमा ४-१ले विजयी)
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्। नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]