default_image

9 months ago

May 26, 2024

म्यानचेस्टर युनाइटेडलाई‌ एफए कप

1511 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ। म्यानचेस्टर सिटीलाई‌ शनिबार २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो।

गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो। युनाइटेडलाई‌ शनिबार जित दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले गोल गरे। सिटीका जेरेमी डोकुले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाए । 

दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल हुन सकेन । खेलको ८७ औं मिनेटमा डोकुले सिटीका लागि गोल गरे ।

एफए कपमा युनाइटेड सर्वाधिक दोस्रो सफल टोली हो । युनाइटेडको‌ यो १३ औं एफए कप उपाधि हो ।आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ। यो सफलतासँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।

February 12, 2025

पिएसजीको सहज जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल‌ भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

Success

Thank you for your time.