8 months ago
May 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ।
त्यसका लागि अखिल नेपाल फुटबल संघ ( एन्फा) ले खेलाडीलाई प्रशिक्षणमा डाकेको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको एन्फाले जनाएको छ।
लेबनानमा जेठ २४ देखि असार २ गतेसम्म फोर नेसन्स कप हुने बताइएको छ । यद्दपी प्रतियोगिताका सहभागी अन्य टोलीको जानकारी प्राप्त नभएको एन्फाले बताइएको छ।
प्रशिक्षणमा बोलाइएका खेलाडी
गोलकिपर – कप्तान एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र सुशीला कुमारी चौधरी
डिफेन्डर– अमृता जैसी, गीता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, सबिना चौधरी , गंगा गुरुङ
मिडफिल्डर – अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, दीपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, रेनुका नगरकोटे, सरु लिम्बु, मनमाया दमाई , तुलसा बोहरा
फरवार्ड – सावित्रा भण्डारी साम्बा, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता राना मगर , ममता पुन
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज बागमती युथ क्लबले त्रिभुवन आर्मी क्लबको समाना गर्दैछ। आर्मी जारी लिगमा बागमतीलाई तेस्रो पटक दाउमा रहनेछ। आर्मीले दोस्रो चरणमा बागमतीलाई ३-० शुन्य र अन्तिम चरणको पहिलो लेगमा भने २-० ले हराएको थियो। पछिल्लो जितमा विमला बिक र सपना लामाले गोल गरेका थिए। विभागीय टोली आर्मी, […]
January 13, 2025
एजेन्सी – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस ला लिग एल क्लासिकोमा पनि बार्सिलोनाले रियललाई ४-० ले हराएको थियो । बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको […]
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]