default_image

2 years ago

June 15, 2024

जर्मनीको सानदार सुरुवात

351 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार तथा आयोजक जर्मनीले युरो कप २०२४ को सानदार सुरुवात गरेको छ । स्कटल्यान्डलाई ५–१ ले पराजित गर्दै जर्मनीले सानदार सुरुवात गरेको हो ।

सबै छ गोल जर्मनीका खेलाडीले गरेका थिए । १० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीको सानदार जितमा पाँच खेलाडी फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले गोल गरे । स्कटल्यान्डले एक गोल उपहार पायो ।

फुबबल एरिना म्युनिखमा शुक्रबार राति भएको खेलको १०औं मिनेटमा फ्लोरिएन रिट्जको गोलबाट जर्मनीले गोलको खाता खुलायो । यसमा योसुवा किम्मिखले सहयोग गरे । १९औं मिनेटमा काईको पासमा मुसिएलाले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।

२५औं मिनेटमा जर्मनीले पेनाल्टीको पाएपनि भिएआरले पेनाल्टी खारेज गरिदिदा जर्मनीले गोल अन्तर थप बढाउन पाए । तर, ४४औं मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो ।

पेनाल्टी बक्समा इल्केए गुन्डोगानलाई खराव ट्याकल गरेपछि रेफ्रीले रायन पोर्टेअस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिर पठाए । त्यसमै प्राप्त पेनाल्टीमा काईले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता कायम गर्यो ।

६८औं मिनेटमा परिवर्तित खेलाडी निकोलस फुलक्रगले गोल गरेपछि जर्मनी खेलमा ४–० ले अघि बढ्यो । काईको स्थानमा ६३औं मिनेटमा मैदान छिरेका उनले मैदान छिरेको पाँच मिनेट भित्रै गोल गर्न सफल भएका हुन् ।

७६औं मिनेटमा फुलक्रगले अर्काे गोल गरेपनि अफसाइड हुँदा भिएआरबाट मान्यता पाएन । ८७औं मिनेटमा एन्टेनियो रुडिगरले आत्मघाती गोल गरेपछि खेल ४–१ को स्थितिमा पुग्यो ।

तर, इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अर्का परिवर्तित खेलाडी एम्री क्यानले गोल गर्दै जर्मनीलाई ५–१ को सानदार जित दिलाए । एम्री ८०औ मिनेटमा टोनी क्रुसको स्थानमा मैदान छिरेका थिए ।

यस जितसँगै जर्मनीले समूह ‘ए’ मा ३ अंक बटुलेको छ । अब जर्मनीले दोस्रो खेलमा हंगेरीसँग तथा स्कटल्यान्डले स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

युरो कपमा आज राति हंगेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानियाबीच प्रतिस्पर्धा हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.