1 year ago
June 19, 2024
एजेन्सी – युरो कपमा पोर्चुगलले चेक गणतन्त्रलाई २-१ ले पराजित गरेको छ।
कप्तान समेत रहेका ३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेल समेत रहेको समूह डी को खेलमा पोर्चुगल पुनरागमन जित हासिल गरेको हो।
पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । पोर्चुगलले अर्को गोल उपहार पाएको थियो। चेकका लागि लुकास प्रोभोडले गोल गरेका हुन् ।
प्राभोडले ६२ औं मिनेटमा गोल गर्दै चेकलाई अघि बढाएका थिए।
६९औं मिनेटमा चेकका ह्रानाकले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भएको थियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगल विजयी भएको हो ।
रोनाल्डोले इतिहासमा ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमान कायम गरेका हुन्। २००४ देखि युरोकपमा सहभागी रोनाल्डो त्यसपछि लगातार सबै संस्करणमा सहभागिता भएका छन्।
समूह डीमा समान अंकसहित टर्की शीर्ष र पोर्चुगल दोस्रोमा छ । चेक र जर्जिया अंक विहिन छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]