1 year ago
June 20, 2024
एजेन्सी – अन्तिम समयमा गोल गर्दै सर्बियाले समूह सि अन्तर्गत आफ्नो दोस्रो युरो कप २०२४ खेलमा स्लोभेनिया विरुद्ध बराबरी खेलेको छ । १-० ले पछि परेको अवस्थामा अन्तिम समयमा गोल गर्दै सर्बियाले १-१ को बराबरी गर्दै एक अंक हासिल गर्न सफल भएको हो ।
जान कार्निचनिकले ६९औं मिनेटमा गोल गर्दै स्लोभेनियालाई अग्रता दिलाएका थिए । टिमी एल्सनिकको क्रसमा फार पोस्टमा राइट-ब्याक कार्निचनिकले गोल गरेका थिए ।
तर अन्तिम समयमा गोल गर्दै सर्बियाले बराबरी गोल गर्यो । इभान इलिचको कर्नर किकमा हेडर मार्फत गोल गर्दै लुका योभिचले सर्बियाका लागि एक अंक हासिल गरे ।
बराबरी पछि सर्बियाले २ खेलमा पहिलो अंक हासिल गरेको छ । सर्बिया पहिलो खेलमा इङ्ल्यान्ड विरुद्ध १-० ले पराजित भएको थियो । पहिलो खेलमा डेनमार्क विरुद्ध बराबरी खेलेको स्लोभेनियाको २ खेलमा २ अंक भएको छ ।
समूह सि अन्तर्गत इङ्ल्यान्ड र डेनमार्क आज ९:४५ बजे भिड्दै छन् ।
राती १२:४५ बजे समूह बि का स्पेन र इटाली भिड्दै छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]