1 year ago
June 22, 2024
एजेन्सी – नेदरल्यान्ड्स र फ्रान्सले युरो कप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन् । यि दुई टोलीले समूहको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
नेदरल्याण्ड्स र फ्रान्सबीचको गोलरहित बराबरीको यो खेल युरो २०२० को समुह चरणमा इङ्गल्याण्ड र स्कटल्याण्ड पछिको पहिलो गोलरहित खेल हो।
लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पे बिनाको फ्रान्सले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा अंक बाड्न बाध्य बन्यो ।
यता, नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गरेपनि रेफ्री र भिडियो सहायता रेफ्री (भिएआर) को विवादास्पद निर्णयले गोलले मान्यता नपाउँदा जितबाट वञ्चित बन्न पुग्यो । खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरण नजिक पुगेको छ । तर, यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरणमा स्थान बनाउने थियो ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तानी गरिरहेका एन्टोइन ग्रिजमनले पहिलो हाफमा चार आक्रमण बुनेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । उनको दुई प्रयासलाई गोलरक्षक बार्ट भरब्रुगेनले विफल पारे । दोस्रो हाफमा डचका कोडी गाक्पोको प्रयासलाई फ्रान्सका गोलरक्षक माइक म्याग्नानले विफल पारे ।
त्यसपछि पनि खेलमा फ्रान्सले दवाव जारी राख्यो । एड्रिएन राविओट र ओस्मान डेम्वेलेको प्रहार क्रसबारबाट थोरै बाहिरियो । ओरेलिएन चुआमेनीको सशक्त हेडर पनि सफल भएन । ग्रिजमनले वान भर्सेस वानको स्थितिमा अर्काे सुवर्ण अवसरलाई बार्ट भरब्रुगेनले विफल पार्दा फ्रान्स निराश बन्न पुग्यो ।
६९औं मिनेटमा युवा स्टार जाभी सिमोन्सले सानदार गोल गरेपनि उक्त गोलले मान्यता पाएन । २१ वर्षीय सिमोन्सले दाया कर्नरतर्फ गरेको प्रहार गोलमा परिणत भएको थियो । तर, उक्त गोलको मुभमा डेन्जेल डम्फ्रिज गोलरक्षक म्याग्नानको छेउमै रहेपछि उक्त गोललाई भिएआरले मान्यता दिएन ।
दुबै टोलीको दुई खेल पछि चार अंक पुगेको छ । गोलअन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ । अस्ट्रिया दोस्रो तथा पोल्यान्ड पुछारमा छ । आब नेदरल्यान्ड्सले अस्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]