1 year ago
June 26, 2024
एजेन्सी – फ्रान्स र नेदरल्याण्ड्स भन्दा अघि रहँदै अष्ट्रियाले युरो कप २०२४ समूह डि मा शीर्ष स्थान हासिल गरेको छ ।
समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स माथि ३-२ को रोमाञ्चक जित हात पार्दै समूह विजेताका रुपमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।
३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । आफ्नो अन्तिम खेलमा पोल्याण्ड सँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक रह्यो ।
नेदरल्याण्ड्स भने ४ अंक सहित तेस्रो स्थानमा रह्यो । उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अन्तिम १६ मा पुग्ने नेदरल्याण्ड्सको सम्भावना बलियो छ । पोल्याण्ड १ अंक सहित समूहको पुछारमा रहँदै बाहिरिएको छ ।
आत्मघाती गोलमा अग्रता लिएको खेलमा अष्ट्रियाले दुई पटक अग्रता गुमाउन पुग्यो । तर अन्त्यमा अष्ट्रियाले जित हासिल गर्न सफल रह्यो ।
छैठौं मिनेटमा नै डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अष्ट्रियाले खेलमा अग्रता लिएको थियो । तर ४७औं मिनेटमा नेदरल्याण्ड्सका लागि कोडी गाक्पोले बराबरी गोल गरेका थिए ।
५९औं मिनेटमा रोमानो स्मिडले हेडर मार्फत गोल गर्दै अष्ट्रियालाई पुनः अग्रता दिलाए । ७५औं मिनेटमा वाउट वेगहोर्स्टको क्रसमा गोल गर्दै मेम्फिस डिपायले पुनः बराबरी गोल गरे ।
तर ५ मिनेट पछि मार्सल साबिट्जरले पुनः अष्ट्रियालाई अग्रता दिलाए । अन्त्यमा सोही गोल जितका लागि पर्याप्त रह्यो ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]