1 year ago
June 26, 2024
एजेन्सी – फ्रान्स र नेदरल्याण्ड्स भन्दा अघि रहँदै अष्ट्रियाले युरो कप २०२४ समूह डि मा शीर्ष स्थान हासिल गरेको छ ।
समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स माथि ३-२ को रोमाञ्चक जित हात पार्दै समूह विजेताका रुपमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।
३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । आफ्नो अन्तिम खेलमा पोल्याण्ड सँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक रह्यो ।
नेदरल्याण्ड्स भने ४ अंक सहित तेस्रो स्थानमा रह्यो । उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अन्तिम १६ मा पुग्ने नेदरल्याण्ड्सको सम्भावना बलियो छ । पोल्याण्ड १ अंक सहित समूहको पुछारमा रहँदै बाहिरिएको छ ।
आत्मघाती गोलमा अग्रता लिएको खेलमा अष्ट्रियाले दुई पटक अग्रता गुमाउन पुग्यो । तर अन्त्यमा अष्ट्रियाले जित हासिल गर्न सफल रह्यो ।
छैठौं मिनेटमा नै डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अष्ट्रियाले खेलमा अग्रता लिएको थियो । तर ४७औं मिनेटमा नेदरल्याण्ड्सका लागि कोडी गाक्पोले बराबरी गोल गरेका थिए ।
५९औं मिनेटमा रोमानो स्मिडले हेडर मार्फत गोल गर्दै अष्ट्रियालाई पुनः अग्रता दिलाए । ७५औं मिनेटमा वाउट वेगहोर्स्टको क्रसमा गोल गर्दै मेम्फिस डिपायले पुनः बराबरी गोल गरे ।
तर ५ मिनेट पछि मार्सल साबिट्जरले पुनः अष्ट्रियालाई अग्रता दिलाए । अन्त्यमा सोही गोल जितका लागि पर्याप्त रह्यो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]