1 year ago
July 1, 2024
एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ ।
जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे ।
पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए ।
त्यसपछि स्पेनले लगातार पोस्टमा आक्रमण गरेपनि खेल बराबर गर्न भने ३९ औं मिनेट कुर्नुपर्यो । पेनाल्टी क्षेत्र बाहिरबाट रोड्रीले गोल गरेपछि स्पेन खेलमा फर्कियो ।
दोस्रो हाफको ५१ औं मिनेटमा रुइजले स्पेनलाई अघि बढाए । लामिन यामालले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासमा रुइजले ६ यार्ड बक्स भित्रबाट हेडर गोल गरेका थिए ।
७५ औं मिनेटमा विलियम्सले स्पेनको अग्रता दोब्बर पारे । जर्जियाको आक्रमण क्लियर गरेपछि सुरु भएको काउन्टरमा विलियम्सले मिडफिल्डबाट आफैं बल बढाउँदै पेनाल्टी क्षेत्र भित्र वन भर्सेस वनमा फिनिस गरे । त्यसको ठिक अघि लामिन यामालको क्रसमा आत्मघाती गोल भएपनि रेफ्रीले अफसाइड दिएका थिए ।
८३ औं मिनेटमा बेन्चबाट आएका ओल्मोले स्पेनको जित पक्का गरे । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारमा गोलरक्षकले बचाउने कुनै प्रयास गर्न सकेनन् ।
अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ । अर्को क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड खेल्ने पक्का भइसकेको छ । सोमबार हुने क्वाटरफाइनलमा फ्रान्सले बेल्जियम तथा पोर्चुगलले स्लोभेनियाको सामना गर्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]