default_image

1 year ago

August 13, 2024

पारोविरुद्ध अनन्तको कप्तानीमा सुरुवाती ११ सार्वजनिक

2453 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-   सहिद स्मारक ए डिभिजन लिग विजेता  चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब विरुद्ध हुने एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका‌ लागि अनन्त तामाङको कप्तानीमा‌ सुरुवाती ११ सार्वजनिक गरेको छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।

अनन्तको‌ कप्तानीमा चर्च ब्वाइजबाट गोलकिपर दिप कार्की, अन्जन विष्ट, लकेन लिम्बु, आषुश घलान, करिम, पिटर, छिरिङ लामा, सनिश श्रेष्ठ, मोजेस, एरिक‌ विष्टले सुरुवात‌ गर्नेछन्।

पारोले‌ जापानिज स्टार केसुके होन्डाको‌ कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेको छ।

चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली तयार रहेको बताएको छ।  चर्च ब्वाइजले ३ साताको तयारी गरको छ । यो खेलका लागि टोलीले राष्ट्रिय टोलीका‌ लकेन लिम्बु, सनिश श्रेष्ठ , आयुष घलानसहित केही विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ।

टोलीले क्षमता अनुसार खेल्यो भने राम्रो नतिजा निकाल्न सक्नेमा प्रशिक्षक बाल गोपाल महर्जनले आशावादी छन् । तयारीका‌ क्रममा चर्च ब्वाइजले त्रिभुवन आर्मी फुटबल क्लबसँग  र यु-२० टोलीसँग अभ्यास खेल खेलेको‌ थियो।

टोलीका कप्तान अनन्त तामाङले रंगशालामा खेल्ने अनुभव भएकोले  टोली फिजिकली, मेन्टली तयार रहेको बताए।
पारोमा रहेका स्टार खेलाडी जापानी केसुके होन्डा र अन्य विदेशी खेलाडीले टिमलाई दबाब नरहेको भन्दै टोलीको योजना अनुरूप खेल्ने अनन्त बताएका छन् ।
होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाडी हुन् ।

तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने पारोका प्रशिक्षक पुष्पलाल शर्माले बताएका थिए । नेपाल आएसँगै चुनौतीहरूको सामना गरिरहेको भन्दै दशरथ रंगशालाको स्तर उपयुक्त नभएको बताए। 

नेपालमा लिग नभएको कारण राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको र चर्च ब्वाइजलाई नेपालको राष्ट्रिय टोली बराबर मान्न सकिने बताए।

होन्डा मात्र होइन यो पटक पारो कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.