default_image

3 weeks ago

September 23, 2024

समिरको ह्याट्रिकमा नेपालको जित

77 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – समिर तामाङको ह्याट्रिकको सहयोगमा नेपालले एएफसी यु२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ ।

नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई सोमवार ३-१ ले पराजित गरेको हो। पहिलो खेलमा भने कम्बोडियासँग नेपालले ४-१ को हार बेहोरेको थियो।

खेलको ३२औं मिनेटमै समिरले गोल गर्दै नेपाललाई सुरवाती अग्रता दिलाएका थिए । समिरले अर्को गोल ३५ औं मिनेटमा गरे ।

पहिलो हाफको इन्जुरी समयमा चाइनिज ताइपेइका योगं चो जिङले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।समिरले ८४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.