default_image

1 year ago

October 21, 2024

बार्सिलोनाको सहज जित

551 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार सहज जित निकालेको छ । बार्सिलोनाले सेभिल्लामाथि ५–१ गोलको जित हासिल गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र पाब्लो टोरेले समान २ तथा पेड्रीले १ गोल गरे ।

लेवान्डोस्कीले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा पेड्रीले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । लेवान्डोस्कीले ३९ औं मिनेटमा अर्को गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

पाब्लोले ८२ औं र ८८ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको जित सहज बनेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा सेभिल्लाका स्टानिस इडुम्बोले गोल गरेका थिए।

बार्सिलोना १० खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानका रियल म्याड्रिकको २४ अंक छ । सेभिल्ला १२ अंक जोडेर १३ औं स्थानमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.