9 years ago
February 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले क्लब फुटबललाई विकास गर्ने हेतुले यसै वर्षदेखि एएफसीको क्लब लाइसेन्सिङ प्रणाली लागु गर्ने भएको छ।

यसैका लागि शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स एएफसीका क्लब लाइसेन्सिङका अध्यक्ष महाजन वासुदेबन नाएर र ए डिभिजन क्लबहरुको प्रतिनिधिबीच एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्लब लाइसेन्सिङका सम्भावना र सिमितताका विषयमा क्लबहरुले आफ्नो भनाइ राखेका थिए। नेपालमा फुटबलका लागि पर्याप्त पूर्वाधार नभएको अवस्थामा क्लबहरुले एन्फा र एएफसी संग हातेमालो गर्दै अघि बढ्ने प्रण गरेका छन्। एएफसीले पनि क्लब लाइसेन्सिङ लागु गर्न सक्दो सहयोग गर्ने वाचा क्लब र एन्फालाई दिएको छ।
यसअघी एएफसीका विकास निर्देशक योगेश देसाईले दुइपटक क्लब लाइसेन्सिङ सम्बन्धि कार्यशाला गोष्ठी आयोजना गरिसकेका छन्। एएफसीले सन् २०१८ देखि एएफसी कपमा सहभागी हुन क्लब लाइसेन्सिङ अनिवार्य गरेपछि एन्फाले पनि यसै साल देखि ए डिभिजनमा क्लब लाइसेन्सिङ लागु गर्ने निर्णय लिएको हो।
हाल ‘ए’ डिभिजनमा १२ क्लब छन् भने यसै वर्ष ‘बि’ डिभिजन बाट बढुवा भएका च्यासल युवा क्लब र न्यु रोड टिम (एन.आर.टि) अर्को वर्ष ‘ए’ डिभिजन खेल्ने पक्का भइसकेको छ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]