1 year ago
November 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जिनियस आईबी वल्र्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस– २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा गत महिना सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो भएको टोलीलाई सम्मान गरेको हो ।
जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित २६ सदस्यीय टोलीलाई १ लाख ३० हजार रुपैयाँ हस्तान्तरण गरे ।
अध्यक्ष जोशीले सम्मानले खेदकुदका माध्यमबाट राष्ट्रिय खेलाडीहरू प्रति कृतज्ञता व्यक्त गर्न र विद्यार्थीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यस प्रकारको सम्मानले खेलाडीहरूको मनोबल उच्च बनाउने बताउँदै विद्यालय परिवारप्रति आभार व्यक्त गरिन् । उनले खेलकुदको क्षेत्रमा अघि बढ्न यस्ता सम्मानले ठूलो प्रेरणा दिने बताउदै अझ उत्कृष्ट प्रदर्शनका लागि ऊर्जा थप्ने बताइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गते भएको फाइनलमा नेपाल बंगलादेशसंग २–१ गोलले पराजित भएको हुँदै थियो ।
अध्यक्ष जोशी, कप्तान एन्जिलालगायतले समापन समारोहमा विभिन्न प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]