11 months ago
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड
झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ ।
सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा झापा ११ ले जिटिएलाई ४-२ गोल अन्तरले हराएको झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
खेलमा जिटिएले सुरुवाती अग्रता लिए पनि झापा ११ ले गोल फर्काएर बराबरीमा पुर्याएको थियो । हारको नजिक पुगेको झापा ११ टाइब्रेकरमार्फत विजयी बन्यो ।
जिटिएका लागि दिवस रानाले गोल गरेका थिए भने झापा ११ का लागि आशिष गुरुङले बराबरी गोल फर्काएका थिए । आशिष प्लेयर अफ द म्याच भए र उनले १० हजार भारतीय रुपैयाँ पाए ।
माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा झापा ११ ले सेमिफाइनल प्रवेशका लागि माघ ३ गते भुटानको ट्रान्सपोर्ट एफसीको सामना गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]