default_image

11 months ago

January 28, 2025

सभापति कप सेमिफाइनल – बागमती र एनआरटी खेल्दै

555 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सभापति कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आयोजक टोली नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती र एनआरटी भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

एनआरटीले भने फ्रेन्ड्स क्लबलाई ३–१ ले हराएको थियो । दुवै टिम उत्कृष्ट लयमा रहेकाले आजको सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । आजको विजेताले बिहीवार उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा संकटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सर्वाधिक पुरस्कार राशिको सभापति कपको विजेताले २६ लाख र दोस्रो टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रत्येक खेल खेल्ने दुवै टोलीले ५० हजार रुपैयाँ पाइरहेका छन् । हरेक खेलका प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पाएका छन् । दर्शकका‌ लागि साधारण तर्फ १ सय र भिआइपीतर्फ ३ सय रुपैयाँको टिकट दर तोकिएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.