10 months ago
January 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सभापति कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आयोजक टोली नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती र एनआरटी भिड्दै छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
एनआरटीले भने फ्रेन्ड्स क्लबलाई ३–१ ले हराएको थियो । दुवै टिम उत्कृष्ट लयमा रहेकाले आजको सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । आजको विजेताले बिहीवार उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा संकटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सर्वाधिक पुरस्कार राशिको सभापति कपको विजेताले २६ लाख र दोस्रो टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रत्येक खेल खेल्ने दुवै टोलीले ५० हजार रुपैयाँ पाइरहेका छन् । हरेक खेलका प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पाएका छन् । दर्शकका लागि साधारण तर्फ १ सय र भिआइपीतर्फ ३ सय रुपैयाँको टिकट दर तोकिएको छ ।
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]
December 4, 2025
एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो । उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]