11 months ago
January 28, 2025
हिमाल खरेल, बिर्तामोड
अर्को साता सुरु हुने आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेलतालिका सार्वजनिक गरिएको छ ।
नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको
प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माविको खेलमैदानमा हुने क्लबका सचिव मुकेश भट्टराईले बताए ।
झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब खेल्ने आज पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेल आयोजक नव ज्योति युवा क्लब र रेड हर्स एफसी इलामबीच हुने क्लबका उपाध्यक्ष खेमराज श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा भारतको सिलिगुडी युनाइटेडले न्यु स्टार एफसी सुनसरीका विरुद्धमा खेल्नेछ । अन्तिम क्वार्टर फाइनल खेल प्लानिङ ब्वाइज काठमाडौँ र मानेभञ्ज्याङ एफसी दार्जिलिङबीच हुनेछ ।
क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले २ लाख २५ हजार र दोस्रोले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
एलिस सप्लायर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्लेयर अफ द म्याचले ७ हजार रुपैयाँ पाउने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् ।
पत्रकार सम्मेलनमा पहिलो संस्करणका अध्यक्ष नवीन पोखरेल, क्लबका पूर्वउपाध्यक्ष दीलिप श्रेष्ठ, बुद्धशान्ति खेलकुद विकास समितिका अध्यक्ष पर्शुराम चेम्जोङ लगायतले शुभकामना व्यक्त गरे ।
सातौँ संस्करणको प्रतियोगितामा दार्जिलिङको मानेभञ्ज्याङ एफसीले बिर्तामोड युनाइटेड क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
बुद्धशान्ति गाँउपालिका, २ नम्बर वडा कार्यालय, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३१ लाख रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसैबीच, अघिल्लो संस्करणबाट बचतमा रहेको २२ लाख रुपैयाँबाट क्लबको कार्यालय भवनको निर्माण सुरु गर्ने तयारी भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
२०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]