default_image

9 years ago

February 26, 2017

मेस्सीको निर्णायक गोलमा बार्सिलोनाको जित

108 views

0 Bookmark

मड्रिड (एजेन्सी)– खेलको अन्त्यतिर लियोन मेस्सीले गोल गरेपछि आइतबार एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगा अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ ।

messi
बराबरी उन्मुख खेलको ४ मिनेट बाँकी रहँदा मेस्सीले निर्णायक गोल गरेका थिए । त्यसअघि ६४ औं मिनेटमा राफिनाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । तर ७० औं मिनेटमा कोकेले फ्रिकिकमा डिएगो गोडिनले बराबरी गोल फर्काएका थिए । तर मेस्सीले फेरी एक पटक निर्णायक गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।

२४ खेलमा १६ खेल जितेको बार्सिलोनाको ५४ अंक पुगेको छ । दुई खेल कम खेलेको रियाल मड्रिडको ५२ अंक छ । रियालले केही समयमा सुरु हुने खेलमा भिल्लारियललाई हराएमा पुनः शीर्षस्थानमा उक्लेको छ । एट्लेटिकोको भने बार्सिलोनाको भन्दा ९ अंक कम छ ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.