default_image

9 months ago

April 3, 2025

अफिसियल थापालाई सिजनभर प्रतिबन्ध, पोखरालाई जरिवाना

2312 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) ले बुधबार पोखरा थन्डर्स र ललितपुर सिटी बीचको खेलमा भएको घटनामा दोषी ठहर भएका पोखराका अफिसियललाई प्रतिबन्ध लगाउँदै क्लबलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

एनएसएलले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मैदानमा खेल भावना विपरित कार्य गरेको ठहर गर्दै अफिसियल सुन्दर थापा र अफिसियल दीपक श्रेष्ठलाई प्रतिबन्ध लगाएको हो । मैदानभित्र छिरेर रेफ्रीविरुद्ध जाइलागेका थापालाई एनएसएल अवधिभरका लागि रंगशाला प्रवेशमा प्रतिबन्ध लगाइएको छ । लिगले क्लबलाई उनको एक्रीडेसन कार्ड चाडै फिर्ता गर्न अनुरोध समेत गरेको छ ।

त्यस्तै टिमको डगआउटभित्र आक्रोशमा आएर अनुशासन तोडेका अफिसियल दीपक श्रेष्ठलाई पनि २ खेलको प्रतिबन्ध लगाइएको छ । यससँगै पोखरा थन्डर्सले अनुशासन तोडेको र खेल भावना देखाउन नसकेको ठहर गर्दै ५० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

एनएसएलले अनुशासन समितिले थप अनुसन्धान गरिरहेको र केही थप तथ्य फेला परेमा अन्य कारवाही पनि हुने जनाएको छ ।

खेलमा पोखरा ३-२ ले पराजित हुन पुगेको थियो । ८० औं मिनेटमा रेफ्रीले गोल नदिएको भन्दै पोखराले विवाद सिर्जना गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.