default_image

7 months ago

May 17, 2025

चेल्सी र एस्टन भिल्ला विजयी

458 views

0 Bookmark

एजेन्सी – चेल्सी र एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगमा शुक्रवार विजयी भएका छन्।

चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १-० र भिल्लाले टोटेनहमलाई २-० ले हराएको हो।

मार्क कुकुरेल्लाले चेल्सीलाई युइएफए च्याम्पियन्स लिग छनोटको आशा जीवित राख्न मद्दत गरे। कुकुरेल्लाले ७१औं मिनेटमा हेडरमार्फत गोल गरेका हुन् । यो जितले एन्जो मारेस्काको टोली तालिकाको चौथो स्थानमा पुग्यो ।

पहिलो हाफमा भिएआर समीक्षा पछि युनाइटेडका ह्यारी मग्वायरको गोल अफसाइडका कारण रद्द गरियो।

अर्को खेलमा एज़्री कोन्सा र बुबाकार कामाराको गोलमा भिल्ला विजयी भएको हो । सिटीलाई उछिन्दै भिल्ला शीर्ष ५ मा पुगेको छ।

कोन्साले खेलको ५९ औं मिनेटमा पहिलो गोल गरे। करिब यो सिजनको त्यो उनको दोस्रो लिग गोल थियो।
त्यसपछि कामाराले ७३ औं मिनेटमा गोल गरे। भिल्लाको घरेलु मैदानमा ११ खेलमा यो नवौं जित हो ।

तेस्रो स्थानको न्युक्यासल, चेल्सी र भिल्लाको समान ६६ अंक छ। छैटौं स्थानमा रहेको म्यानचेस्टर सिटीको ६५ अंक छ।

यो सिजन लिगमा कमजोर प्रदर्शन गरिरहेका युनाइटेड १६औं र टोटेनहम १७ औं स्थानमा छ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.