7 months ago
May 17, 2025
ललितपुर (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले लगातार दोस्रो पटक उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधि जितेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा भएको फाइनलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा काठमाडौंले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटमा गोलरहित बराबरी टाइब्रेकरमा ५-५ को बराबरीपछि सडनडेथमा काठमाडौंले बाजी मारेको थियो। काठमाडौं समग्रमा ८-७ ले जितेको थियो।
गत वर्ष पहिलो संस्करणमा काठमाडौंले चन्द्रागिरी नगरपालिकालाई हराउँदै उपाधि जितेको थियो ।
काठमाडौंले ५ लाख रुपैयाँसहित विश्वकै दुर्लभ चरा काँडेभ्याकुर अंकित ट्रफी प्राप्त गर्यो ।

गोदावरीले ३ लाख रुपैयाँ प्राप्त गर्यो । काठमाडौंका गोलकिपर सुदीप गिरी फाइनल अफ दि म्याच घोषित भए । मध्यपुर ठिमी नगरपालिका अनुशासित टोली घोषित भयो र ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
गोदावरीका पासाङ लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । ९ गोल गरेका गोदावरीका अरुण लामा सर्वाधिक गोलकर्ता रहे ।
प्रतियोगितामा इमर्जिङ प्लेयर गोदावरीका समिर तामाङ भए भने उत्कृष्ट गोलरक्षक गोदावरीकै विवेक सिलवाल भए ।
उत्कृष्ट डिफेन्डर काठमाडौंका सरोज तामाङ उत्कृष्ट डिफेन्डर,काठमाडौंका सन्तोष न्यौपानेले उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टले समान २० हजार रुपैयाँ प्राप्त गरे।
विजेता तथा उपविजेतालाई कांग्रेस महामन्त्री गगन थापा, संघिय सांसद उदय शमसेर राणा, बाग्मती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जन लगायतले पुरस्कार वितरण गरे । वैशाख २० गते सुरु भएको प्रतियोगितामा उपत्यकाभित्रका १३ वटा पालिकाकाले भाग लिएका थिए।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]