default_image

7 months ago

May 17, 2025

हेटौंडा मेयर कप – वडा नं ११ को विजयी सुरुवात

422 views

0 Bookmark

रविन्द्र वाईबा, मकवानपुर

वडा नम्बर ११ ले पाँचौ संस्करणको हेटौंडा मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा शनिवार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता हेटौंडा-४ लाई ३-० गोलले हराउँदै ११ नम्बरले सुखद सुरुवात गरेको हो ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा ११ नम्बरका लागि पदम राईले खेलको पहिलो हाफको १६ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफमा सम्बन्ध डिमडुङ र घलानले समान १ गोल गरे । खेलको म्यान अफ द म्याच राई घोषित भए ।

प्रतियोगितामा उपमहानगरपालिकाका १९ वटै वडाका टोली सहभागी छन्। प्रतियोगिताको फाइनल खेल जेठ १३ गते हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले २ लाख ५० हजार र दोस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टहरुले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा र मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सानू लामा दोङ लगायत वडाध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.