default_image

7 months ago

May 17, 2025

यूएईमा रेखालाई सम्मान

1455 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यावसायिक फुटबल खेलिरहेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबी स्थित नेपाली समुदाय क्लब नखील गुर्खा एफसीले शुक्रबार नगद सहित सम्मान गरेको छ ।

रेखा आवद्ध रहेको आबुधाबी कन्ट्री क्लब र नेपाली समुदायका नखील गुर्खा एफसीबीच शुक्रबार भएको मैत्रीपूर्ण खेल पश्चात क्लबले रेखालाई सम्मान गरेको हो । पछिल्लो समय राष्ट्रिय टोलीमा उनको उत्कृष्ट प्रदर्शनको कदर गर्दै र उनलाई थप हौसला प्रदान गर्न क्लबले उनलाई सो अवसर पारी सम्मान गरेको जनाएको छ ।

रेखा हाल यूएईको महिला फुटबल लिग खेल्दैछिन् । यूएईमा रहेका नेपालीहरुले सञ्चालन गरेको नखील गुर्खा एफसीमा सहिद स्मारक ‘ए ‘ डिभिजन लिग खेलिसकेका तीर्थ राना मगर, शरण बस्नेत, निरकुमार राई लगायतका खेलाडीहरू आवद्ध छन् ।

रेखा एसियाली छनोटको तयारीमा रहेको नेपाली टोलीमा समावेश छिन् । नेपालले अर्को महिना हुने छनोटअघि थाइल्याण्डमा मैत्रीपूर्ण खेल पनि खेल्दैछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.