default_image

7 months ago

May 19, 2025

रियल म्याड्रिडको जित

929 views

0 Bookmark

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमका अन्त्य गरेपछि रियल म्याड्रिडले नौं खेलाडीमा सिमित सेभियालाई २-० ले पराजित गरेको छ ।

सेभियाले पहिलो र दोस्रो हाफको सुरुवातमै लोइक बाडे र इसाक रोमेरोले रातो कार्ड पाएपछि नौं खेलाडीमा सीमित भए पनि लामो समयसम्म रियललाई रोकेको थियो। तर ला लिगाका शीर्ष स्कोरर एम्बाप्पेले ७५ औं मिनेटमा २९औं लिग गोल गरे ।

त्यसपछि ८७ औं मिनेटमा इंग्ल्याण्ड मिडफिल्डर बेलिङघमले परिवर्तित गोंजालो गार्सियाको पासमा हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे।

रियलको ला लिगा उपाधि रक्षा गर्ने आशा बिहीबार समाप्त भएको थियो। जब बार्सिलोनाले एस्पानियोलमाथि २-० को जित निकाल्दै आफ्नो २८औं लिग उपाधि जितेकि थियो। जसले गर्दा कार्लो एन्चेलोट्टीले आफ्नो अन्तिम सिजनमा कुनै ठूला ट्रफी बिना नै टुंग्याउनु परेको थियो।

सेभियाका लागि यो सिजन पनि रेलिगेसनबाट जोगिन संघर्षपूर्ण रह्यो। केही दिनअघि समर्थकहरूको ‘हिंसात्मक आक्रमण’ पछि खेलाडीहरूले ट्रेनिङ ग्राउन्डमै रात बिताएका थिए। तर मंगलबार लास पाल्मासमाथि १-० को जित निकाल्दै उनीहरूले शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित गरे।

तर यो खेलमा भने सेभियाका समर्थकहरूका लागि निराशाजनक रात बन्न पुग्यो, जब खेलको १२ मिनेटभित्रै टोली १० खेलाडीमा झर्‍यो।

बेलिङघमको लब पासमा दौडिँदै एम्बाप्पेले गोलतर्फ प्रहार गर्न खोज्दा अन्तिम डिफेन्डर बाडेले उनलाई लडाएपछि सिधा रातो कार्ड पाए।

कापारोसले दोस्रो हाफको सुरुवातमै रोमेरोलाई मैदानमा उतारे, तर उनले अरेलियन चुआमेनीमाथिको ट्याकलका लागि पहेंलो कार्ड पाएर केही सेकेन्डमै भारको निर्णयमा रातो कार्ड खाँदै मैदान छाडे।

अब एन्चेलोटीले रियलको नेतृत्व अन्तिमपटक २५ मेमा रियल सोसिडाडविरुद्ध सान्टियागो बर्नाबेउमा गर्नेछन्। त्यसको भोलिपल्ट उनी ब्राजिलको प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हाल्ने तयारीमा छन्।

अर्को खेलमा च्याम्पियन बार्सिलोनाले भिल्लारियल ३-२ ले पराजित भयो। एट्लेटिको म्याड्रिडले रियल बेटिसलाई ४-१ ले, एथलेटिक क्लबले भ्यालेन्सियालाई १-० ले हराएको छ।

ओसासुनाले इस्पान्योललाई २-० ले, रायो भालेसानोले सेल्टा भिगोलाई २-१ ले, रियल सोसिडाडले जितोनालाई ३-२ ले पराजित गर्यो।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.