default_image

7 months ago

May 19, 2025

आर्सनलको जित

249 views

0 Bookmark

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा आइतवार विजयी भएको छ। डेक्लान राइसको निर्णायक गोलमा आर्सनलले न्युक्यासललाई १-० ले हरायो ।

पहिलो हाफमा आर्सनलले प्रभावशाली प्रदर्शन गर्न सकेन । पहिलो हाफमा डेविड रायाले केही उत्कृष्ट बचावट गर्दा न्युक्यासलले गोल गर्न सकेन ।

खेलको ५५औं मिनेटमा मार्टिन ओडेगार्डको पासमा डेक्लानले पहिलो टचमै उत्कृष्ट गोल गरे। यो सँगै आर्सनलले खेलमा १-० को अग्रता बनायो।

यो जितमा आर्सनलले ७१ अंक पुगेको छ। अब उसलाई छैटौं स्थानको म्यानचेस्टर सिटीले मात्र चुनौती दिन सक्छ।

सिटीसँग ६५ अंक छ। उसले २ खेल कम खेलेको छ। आर्सनल गोल अन्तर निकै अगाडि छ। आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ।

न्युक्यासल अब अन्तिम खेल एभर्टन विरुद्ध घरेलु मैदानमा खेल्नेछ। सो खेल जिते न्युकासल शीर्ष पाँचमा स्थानमा रहनेछ।

अर्को खेलमा फुलहमले बेनफोर्डलाई ३-२ ले र लेस्टरले इप्स्विच टाउनलाई २-० ले हराएको छ

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.