7 months ago
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सहिद स्मारक बी डिभिजन लिगमा रेलिगेसन हुनबाट जोगिएको छ।
च्यासल युथ क्लबलाई सोमवार ४-१ ले पराजित गरेसँगै बिबिसीको रेलिगेसन खतरा टरेको हो । बिबिसीको जितमा मुकुन्द कुमार न्युरेले ह्याट्रिक गरे।
एन्फा कम्प्लेक्समा भएको खेलको नवौं मिनेटमा रोमन श्रेष्ठको गोलमा बिबिसीले अग्रता बनायो। तर यो अग्रता १३ औं मिनेटमा तोडियो। कमल थिङले च्यासलको लागि बराबरी गोल फर्काए।
४५ औं मिनेटमा मुकुन्दले गोल गर्दै बिबिसीलाई पहिलो हाफमा २-१ अघि बढाए। च्यासल दोस्रो हाफमा खेलमा फर्कन सकेन् । बिबिसीले थप २ गोल गर्यो। मुकुन्दले ५३ औं र ७१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
बिबिसीको १२ खेलबाट १५ अंक पुगेको छ। च्यासल यसअघि नै रेलिगेसनबाट जोगिसकेको च्यासलको पनि १५ अंक छ। १४ टोली सहभागी लिगमा बिबिसी आठौं र च्यासल ११ औं स्थानमा छ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]