default_image

7 months ago

May 20, 2025

च्याम्पियन लिभरपुल पराजित

462 views

0 Bookmark

एजेन्सी – च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिगमा सोमवार पराजित भएको छ।

लिभरपुलले दुई पटक अग्रता लिए पनि ब्राइटनले सानदार पुनरागमन गर्दै ३-२ ले खेल जित्यो ।

परिवर्तित ज्याक हिन्सेलवुडले ८५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । उनले मैदान छिरेको केही क्षणमै म्याट ओ’राइलीको क्रसमा हेडरमार्फत गोल गरेका हुन् । सुरुमा अफसाइडको निर्णय भए पनि भारद्वारा जाँचपछि गोल मान्यता दिइयो।

लिभरपुलले १-० र पछि २-१ को अग्रता लिएको थियो। तर जोगाउन सकेन ‌ । ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै तालिका मा आठौं स्थानमा उक्लियो, ब्रेन्टफोर्डभन्दा ३ अंकले अघि‌ रह्यो।

एमेक्स स्टेडियममा भएको खेलमा लिभरपुलले नवौं मिनेटमा हार्भी एलियटको गोलबाट अग्रता लियो । त्यसपछि यासिन अयारीले ग्राउन्ड ३२ औं मिनेटमा बराबरी गोल गरे।

तर डोमिनिक स्जोबोस्लाईले इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेपछि लिभरपुललाई पुन: अग्रता बनायो ।

६९ औं मिनेटमा कौरो मितोमाले गोल गर्दै खेललाई २-२ को बराबरीमा बनाए । त्यसपछि हिन्सेलवुडको गोलले ब्राइटन विजयी भयो।

ब्राइटनले अब आइतवार लिगको आफ्नो अन्तिम खेल टोटेनहमसँग खेल्नेछ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.