default_image

7 months ago

May 20, 2025

आरसिटी रलिगेसनबाट जोगियो, टुसाल सी डिभिजनमा घटुवा

580 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै रानी पोखरी कर्नर टिम (आरसिटी) रेलिगेसनबाट जोगिएको छ ।

आरसिटी बी डिभिजनमा यथावत रहँदा टुसाल युथ क्लब सी डिभिजनमा घटुवा भएको छ । एन्फा कम्प्लेक्समा आज आरसिटीलाई रेलिगेसनबाट जोगिन एक अंक नै पर्याप्त थियो । जहाँ खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।

४८ औं मिनेटमा प्रज्वल गुरूङले गोल गर्दै आरसिटीले खेलमा १-० को अग्रता बनायो । यो अग्रता ५८ औं मिनेटमा तोडियो । सञ्जय चौधरीले वीरगन्जको लागि बराबरी गोल फर्काए। खेल १-१ को बराबरीमा पुग्यो ।

यसपछि खेलमा थप गोल भएन । खेल १-१ को बराबरीमा सकियो। यो नयिजामा आरसिटीले १२ खेलबाट १५ अंक बनायो र आरसिटी रेलिगेसनबाट जोगिन सफल भयो ।

आजको यो नतिजाले टुसाल युथ क्लब रेलिगेसनमा परेको छ। अब उसले आफ्नो अन्तिम खेल जितेपनि १४ अंक मात्र हुनेछ। यो सिजन टुसाल र नयाँबस्ती सी डिभिजनमा झरे ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.