default_image

7 months ago

May 20, 2025

श्री भगवती ‘ए‌ डिभिजनमा बढुवा

626 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- श्री भगवती क्लब ए डिभिजनमा बढुवा भएको छ। सहिद स्मारक बी डिभिजन लिगमा आज ब्वाइज युनियन क्लबलाई २-१ गोल अन्तरले हरायो।

यो जितमा श्री भगवती एक खेल अगाडि जारी बी डिभिजनमा दोस्रो हुँदै शीर्ष डिभिजनमा उक्लिएको हो। यसअघि प्लानिङ ब्वाइज च्याम्पियन बनेर ए‌ डिभिजनमा उक्लिसकेको छ।

एन्फा कम्प्लेक्समा आज ब्वाइज युनियन र श्री भगवती आमने सामने हुँदा ए‌ डिभिजनमा बढुवा हुन श्री भगवतीलाई ३ अंक आवश्यक थियो। ब्वाइज युनियनलाई ए डिभिजनमा पुग्ने संभावनालाई कायमै राख्न श्री भगवतीलाई हराउनुको विकल्प थिएन।

तर श्री भगवतीले सुरुवातमै गोल गर्यो। छैटौं मिनेटमा शिशिर लेखीले गोल गरे। श्री भगवतीले खेलमा १-० को अग्रता बनायो। ३८ औं मिनेटमा अजित लामाले अग्रता दुगुना गरे। पहिलो हाफ २-० को नतिजमा सकियो।

७९ औं मिनेटमा ब्वाइज युनियनका सन्जिब लामाले एक गोल फर्काए। यो जितको लागि प्रयाप्त भएन। श्री भगवती २-१ को जित निकाल्न सफल भयो।

जितमा श्री भगवती १२ खेलबाट २६ अंक बनायो। योसँगै एक खेल अगावै ए‌ डिभिजनमा उक्लन सफल रहयो। श्री भगवती सन २०१६ मा सी डिभिजन च्याम्पियन बन्दै बीमा उक्लेको थियो।

ब्वाइज युनियनसँग भने १२ खेलबाट १९ अंक रहेको छ। अब उसले आफ्नो अन्तिम खेल जितेपनि श्री भगवतीलाई भेट्टाउन सक्दैन। च्याम्पियन बनिसकेको प्लानिङ ब्वाइजले १२ खेलबाट ३० अंक बनाएको छ।

यो सिजन प्लानिङ ब्वाइज र श्री भगवती शीष डिभिजनमा बढुवा भए। टुसाल युथ क्लब र नयाँबस्ती क्लब सी डिभिजनमा तल झरेका छन्।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.