default_image

7 months ago

May 22, 2025

अन्तिम खेलमा ब्वाइज युनियनको‌ जित

337 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले जारी सिजनको अन्त्य जित बाट गरेको छ।

सन्दीप लिम्बुको ह्याट्रिकलाई छाँयामा पार्दै ब्वाइज युनियनले बाँसबारी क्लबलाई ४-३ गोल अन्तरले हरायो।

एन्फा कम्प्लेक्समा ब्वाइज युनियनको जितमा सञ्जिव लिम्बु, सुजन स्याङतान, सुशन लामा र सुजन श्रेष्ठले समान१ गोल गरे।

बाँसबारीको लागि सन्दीपले खेलको २२ औं, ६६ औं र ८८ औं मिनेटमा होल गर्दे ह्याट्रिक पूरा गरे। तर यो उनको ह्याट्रिकका बावजुद बाँसबारी पराजित भयो।

४-३ को जितमा व्वाइज युनियनले यो सिजनको अन्त्य २२ अंकका साथ तेस्रो स्थानमा रहँदै पूरा गर्यो। उसले १३ खेलमा ६ जित ४ बराबरी र ३ हारको नतिजा निकाल्यो। ए डिभिजनमा पुग्न भने सकेन ।
बाँसबारीले ५ जित र ८ हारमा १५ अंक सहित यो पटकको लिगको अन्त्य गर्यो।

यसअघि आजै भएको पहिलो खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले श्री कुमारी क्लबलाई ४-१ गोल अन्तरले हराएको थियो।

यो पटक प्लानिङ ब्वाइज र श्री भगवती बी डिभिजनमा बढुवा हुँदा टुसाल र नयाँबस्ती सी डिभिजनमा घटुवा भैसकेका छन्।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.