default_image

7 months ago

May 23, 2025

च्याम्पियन प्लानिङ ब्वाइज अपराजित

526 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबले अपराजित रहँदै सहिद स्मारक बी डिभिजन लिगको अन्त्य गरेको छ।

ब्वाइज युनियनले दशरथ रंगशालामा आज रेलिगेसनमा परेको टुसाल युथ क्लबलाई ८-३ को फराकिलो अन्तर हरायो ।‌ दशरथ रंगशालामा खेलपछि प्लानिङले उपाधि उाचाल्यो। उसले १५ लाख रुपैयाँ पनि प्राप्त गर्यो ।

प्लानिङ ब्वाइजको जितमा फागुराम थारु एक्लैले ५ गोल गरे। ११ औं, २४ औं र २९ औं मिनेटमा ह्याट्रिक गरेका उनले ३९ औं पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दे टिमको लागि ५ गोल गरे।

गोलको वर्षा भएको खेलमा प्लानिङ ब्वाइजको लागि रामबाबु कुमार शाह र प्रदीप सिंह राईले पनि समान १ गोल गरे ।

पराजित टुसालको लागि सुजन माझी, प्रदीप सुनार र बिनोद नेम्वाङले १-१ गोल गरे।

यो प्लानिङ ब्वाइजको १० औं जित हो। १० जित र ३ बराबरी नतिजामा ३३ अंकका साथ अपराजित रहँदै च्याम्पियन बनेर प्लानिङ ब्वाइज ए डिभिजनमा उक्लियो। रेलिगेसनमा परेको टुसालले ११ अंकमा जोड्न सक्यो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.