7 months ago
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
काठमाडौंमा आज भएको साफ कार्यकारिणी समितिको बैठकले साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो ।
च्याम्पियनसिप सन् २०२५ को नोभेम्बरमा नेपाललमा हुने तय भएको छ। तर प्रतियोगिताको फरम्याट तथा कुन प्रक्रियाबाट क्लब छनोट हुने यो तय हुन बाँकी रहेको बताइएको छ।
यसैगरी साफ यु-१७ महिला च्याम्पियनसिप २०२५ को सेप्टेम्बरमा भुटानमा तथा साफ यु-१७ च्याम्पियनसिप २०२५ को अक्टोबरमा श्रीलंकामा आयोजना हुने पनि तय भएको छ।
यसैगरी साफको कांग्रेस पनि आजै सम्पन्न भएको थियो। साफको इतिहासमा पहिलो पटक महिला कार्यकारिणी सदस्य निर्वाचित भएकी छिन्। भुटान फुटबल संघकी जिम्बिरी विना प्रतिस्पर्धा निर्वाचित भएकी हुन्।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]