default_image

7 months ago

May 24, 2025

पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप हुने

447 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ।

काठमाडौंमा‌ आज भएको साफ कार्यकारिणी समितिको बैठकले साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो ।

च्याम्पियनसिप सन् २०२५ को नोभेम्बरमा नेपाललमा हुने तय भएको छ। तर प्रतियोगिताको फरम्याट तथा कुन प्रक्रियाबाट क्लब छनोट हुने यो तय हुन बाँकी रहेको बताइएको छ।

यसैगरी साफ यु-१७ महिला च्याम्पियनसिप २०२५ को सेप्टेम्बरमा भुटानमा तथा साफ यु-१७ च्याम्पियनसिप २०२५ को अक्टोबरमा श्रीलंकामा आयोजना हुने पनि तय भएको छ।

यसैगरी साफको कांग्रेस पनि आजै सम्पन्न भएको थियो। साफको इतिहासमा पहिलो पटक महिला कार्यकारिणी सदस्य निर्वाचित भएकी छिन्। भुटान फुटबल संघकी जिम्बिरी विना प्रतिस्पर्धा निर्वाचित भएकी हुन्।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.