6 months ago
June 18, 2025
सुशील पन्त क्षेत्री,चितवन
भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण शुक्रवार सुरु हुने भएको छ ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ सामुदायिक तथा संस्थागत विद्यालयहरु सहभागी हुनेछन् ।
उद्घाटन खेलमा नेपाल पुलिस स्कुल र चितवन माविबिच हुनेछ । खेल भरतपुर ७ कृष्णपुरमा दिउँसो ४:३० बजे सुरु हुनेछ ।
प्रतियोगिताका लागि यस अघि छनोट चरण आयोजना भएको थिए । ६३ स्कुल सहभागी छनोट चरणबाट १२ स्कुल छनौट भएका थिए ।
यस्तै गत वर्ष सम्पन्न मेयर कपको लिग चरणबाट नकआउटमा पुगेका १२ टोली सिधै छनौट भएका हुन् । गत वर्ष लिग भए पनि यस वर्ष सिधै नक आउट खेलाइने अध्यक्ष कार्कीले बताए ।
असार १३ गतेसम्म हुने प्रतियोगिताका खेलहरु विभिन्न ४ वटा मैदानमा खेलाइनेछ । संघका महासचिव रामहरि ढकालका अनुसार भरतपुर ७ कृष्णपुर, भरतपुर १२ रामवेल सामुदायिक मैदान, भरतपुर १४ सुन्दरबस्ती र स्मल हेभन स्कुलको मैदानमा खेलहरु हुनेछ ।

यसैबीच छनोट चरण पार दुई स्कुल बाहिरिएका छन् । गौरीगन्ज मावि र प्रभात माविका खेलाडीहरुविरुद्ध उजुरी परेको थियो । सोही आधारमा अनुसन्धान गर्दा कागजातमा त्रुटी देखिएकोले ती स्कुललाई कारबाही गरिएको उनले बताए ।
कारबाहीमा परेका गौरीगन्ज माविको स्थानमा अर्बिट स्कुल र प्रभातको स्थानमा पारिजात स्कुल छनोट भएका छन् । यी दुई स्कुल छनोट चरणमा आफ्नो समूहमा चौथो भएका थिए ।
भरतपुर महानगरपालिकाको आर्थिक सहयोग तथा प्रवर्द्धनमा गत वर्षबाट सुरु भएको मेयर कप नेपालकै विद्यालय स्तरको सबै भन्दा ठूलो प्रतियोगिताको भएको संघका अध्यक्ष कार्कीको भनाइ छ ।
गत वर्ष अमर माविले मेयर कपको उपाधि जितेको थियो भने विश्वप्रकाश मावि उपविजेता भएको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]