9 years ago
March 4, 2017
म्यान्चेस्टर (एजेन्सी) – ज्लाटन इब्राहिमोभिचले पेनाल्टीबाट गोल गर्दै अग्रता लिने अवसर गुमाएपछि म्यान्चेस्टर युनाइटेड इङ्लिश प्रिमियर लिगमा १० खेलाडीमा सिमित बर्नमाउथसँग १-१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा पहिलो हाफको २३ औँ मिनेटमा अर्जेन्टिनी ‘फुल ब्याक’ मार्कस रोहोको गोलमा अग्रता लिएको युनाइटेडले ४० औँ मिनेटमा बोउर्नेमोथका जोसुआ किङको पेनाल्टीबाट अग्रता गुमाएको थियो । युनाइटेडका डिफेन्डर जोन्सले ड्यानि प्युलाई आफ्नै बक्समा लडाएपछि पाएको पेनाल्टीमा किङले गोल गरेका थिए। किङ युनाईटेडका पुर्व खेलाडी पनि हुन्।
पहिलो हाफमा बराबर गर्दै खेलमा फर्किएपनि एन्ड्रयु सर्मनले इब्राहिमोभिचलाई ढकेल्दै दोस्रो पहेलो कार्डको सामना गरेपछि बर्नमाउथ पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा सिमित भयो। दोस्रो हाफमा रुनीको हेडर पोस्ट भन्दा केहि माथी जादा अभागी बनेको युनाइटेडको लागि पोग्बाले गरेको राम्रो प्रहार विपक्षी किपर बोरुचले रोकेका थिए। तर एडम स्मिथले ह्यान्ड बल गरेपछि प्राप्त पेनाल्टीमा युनाइटेडले अग्रता लिने प्रभावशाली अवसर पाएपनि इब्राहिमोभिचको प्रहार बोरुचले रोक्दै युनाइटेडलाई बराबरीमा चित्त बुझाउन बाध्य बनाए।
बराबरीसंगै २ अंक गुमाएको युनाइटेडले अंक तालिकमा लिभरपुल र आर्सनललाई उछिन्दै चौथो स्थानमा उक्लने अवसर गुमायो। युनाईटेड अंक तालिकामा छैटौँ स्थानमा यथावत छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]