लिभरपुल (एजेन्सी) – अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान बनाउन संघर्षरत दुइ प्रिमियर लिगका क्लब आर्सनल र लिभरपुल एनफिल्ड मैदानमा भिड्दै छन ।
अंक तालिकमा चौथो स्थानमा रहेको आर्सनल र पाचौँ स्थानको लिभरपुल बिच १ अंकको मात्र फरक छ । घरेलु मैदानको पछील्लो २० खेलमा १ खेलमा मात्र पराजय भोगेको लिभरपुलले यो सिजन म्यानचेस्टर सिटी, चेल्सी लगायतका बलियो टोली माथी जित हासिल गरी सकेपनि रेलिगेसन क्षेत्रमा संघर्षरत लेस्टर, हल सिटी जस्ता टोलीसँग भने हार बेहोरेको छ ।
एन्फिल्डमा लिभरपुलले घुडाका चोटका कारण आफ्नो नियमित कप्तान जोर्डन हेन्डर्सनलाई विश्राम दिनेछ भने डिफेन्डर लोभ्रेनले चोटबाट पुनरागमन गर्ने सम्भावना छ । त्यस्तै आर्सनलका लागी आरोन राम्से पनि चोट्मुक्त भएका छन् भने ओजिल पनि खेलमा फर्कन सक्ने छन ।
यसअघी आफ्नो घरेलु रंगशाला एमिरेट्समा पराजय भोगेको आर्सनल लिभरपुलको फर्मको उतार चढावको फाइदा उठाउदै एन्फिल्डमा बदला लिने दाउमा रहनेछ ।