एजेन्सी – घरेलु मैदानमा सेल्टा भिगोसँग ५-० को फराकिलो जित संगै बार्सिलोना पुन: शिर्षस्थानमा पुगेको छ । निकै रोमाञ्चक बन्दै गरेको ला लिगामा एइबारसँगको जित पछि पहिलो स्थान कब्जा गरेको रियललाई उछिन्दै १ खेल धेरै खेलेको बार्सिलोना फेरी शिखरमा पुगेको हो ।
बार्सिलोनको जितमा मेस्सीले दुइ गोल गरे भने नेमार , राकिटिच र उम्टिटि १/१ गोल गरे । दुइ गोल गरेका मेस्सीले अन्य दुइ गोलमा योगदान दिदै बार्सिलोनाको जितलाई सहजता दिलाएका थिए । बार्सिलोनाका लागी २४ मिनेटमा घुमाउदो गोल गर्दै मेस्सीले पहिलो गोल गरेका थिए । त्यस्तै नेमारको ४० औँ मिनेटको गोलमा पहिलो हाफमा बार्सिलोनाले अग्रता दोब्बर गरेका थिए ।
दोस्रो हाफमा राकिटिचले ५७ मिनेटमा गोल गर्दै बार्सिलोनाको तेस्रो गोल गरे । त्यस्तै ६१ मिनेटमा उम्तितिको बार्सिलिलोनाको जर्सिमा पहिलो गोलमा योगदान दिलाएका मेस्सी ले ठिक ३ मिनेट पछी गोल गर्दै बार्सिलोनालाई पाचौँ गोल दिलाए ।
रियल भन्दा १ खेल ज्यादा खेलेको बार्सिलोना ६० अंक सहित १ अंकको अग्रता संगै ला लिगाको शिर्षस्थानमा छ ।