default_image

6 months ago

July 2, 2025

कप्तान साम्बाको ह्याट्रिकमा नेपालको फराकिलो जित

2852 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलंकालाई ८-० को फराकिलो अन्तरले हराएको छ।

नेपालको जितमा साम्बाले ह्याट्रिकको सफलता प्राप्त गर्दा गीता रानाले २, तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान १ गोल गरे।

उज्वेकिस्तानको राजधानी तास्केन्तको बुन्योदकोर स्टेडियममा भएको खेलको १२ औं मिनेटमा नेपालले गोलको खाता खोल्यो। अनिता बस्नेतको कर्नरमा गीता रानाको हेडरले सही दिशा लियो।

नेपालले खेलको २० औं मिनेटमा अग्रता दुगुना गर्यो। समिक्षा घिमिरेको क्रसमा श्रीलंकाकी गोलकिपर साकुरा सेबान्डीले पन्च गरेको बल अनिताले साम्बालाई दिइन्। साम्बाले बक्स भित्रबाट गोल गरिन्।

२६ औं मिनेटमा प्रीति राईको लङ रेन्ज प्रहारलाई श्रीलंकाकी गोल किपरले साकुरा सेबान्डीले बचाइन्। यसपछि खेलको ३१ औं मिनेटमा साविता राना मगरको क्रस बारमा लागेर फर्कियो।

खेलको ३६ औं मिनेटमा कप्तान साम्बाले फ्रि-किकमा सिधै गोल गरिन्। तर रेफ्रीले गोल दिएनन्। यसपछि ४२ औं मिनेटमा रश्मिकुमारी घिसिङको कट ब्याकमा बक्स भित्रबाट साम्बाको उत्कृष्ट भलि गोलमा परिणत भयो।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। सविताको क्रसमा साम्बाको हेडरले सही दिशा लियो। ६० औं खेलमा साम्बाको त्यो ६४ औं गोल हो।

खेलको ५३ औं मिनेटमा श्रीलंकाकी सचिना डि सिल्भाले नेपालकी रश्मिलाई बक्स भित्र लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिइन् । गीताले पेनाल्टीमा गोल गरिन्। खेलमा त्यो व्यक्तिगत दोस्रो गोल थियो।

खेलको ६२ औं मिनेटमा नेपालले श्रीलंका विरूद्ध आधा दर्जन गोल पुरा गर्यो। अनिताको कर्नरमा निशा थोकरको हेडर गोलमा परिणत भयो। निशाको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

६८ औं मिनेटमा साम्बाको फ्रि-किक प्रहार पोष्टमा लागेर फर्कियो। एकपक्षीय खेलको ७८ औं मिनेटमा सब्स्टिच्युट पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट फरवार्ड रेखा पौडेलको हेडरले जाली चुम्यो। नेपालले ७-० को स्पष्ट अग्रता बनायो।

खेलको ८९ औं मिनेटमा श्रीलंकाकी माहिस्का कुमुदिनीले राम्रोसँग क्लियर गर्न नसकेको बललाई पूजाले बक्सभित्रबाट उत्कृष्ट गोल गरिन्। यो सँगै नेपालले ८-० को सहज जित दर्ज गर्यो।

लगातरको दोस्रो जितमा नेपालले ६ अंक बनाएको छ। अब नेपालले शनिवार समुहको अन्तिम तथा निर्णायक खेल घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ। नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो।

श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को फराकिलो अन्तरमा हारेको थियो। दुई खेलमा अंकको खाता खोल्न नसकेको श्रीलंकाको छनोट यात्रामा पूर्ण विराम लागेको छ।

सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपको लागि ३४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।

प्रतियोगिता अन्तिम चारमा १२ टोली सहभागी हुनेछन् । प्रत्येक समूहको विजेता छनोट हुनेछन्। आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.