6 months ago
July 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन कप २०२६ को यात्रा निर्णायक मोडमा आइपुगेको छ।
तासकन्तमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच शनिवार हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।
समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै समान ६ अंक र समान १७ गोलसहित शीर्ष दुई स्थानमा छन्।

थप रोचक विषय , दुवै टोलीले अहिलेसम्म प्रतियोगितामा कुनै गोल खाएका छैनन्। जसले गर्दा यो अन्तिम खेल एक प्रकारको ‘फाइनल सरह’ बन्न पुगेको छ । जहाँ विजेता टोलीले एसियन कपको टिकट काट्ने छ ।
तर चुनौती सजिलो छैन। फिफा वरीयतामा उज्वेकिस्तान नेपालभन्दा धेरै माथि छ । उज्वेकिस्तान ५१ औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा। यसअघिको भेटमा नेपाल कमजोरी रह्यो ।
दुई टोलीबीच भएका ३ भेटमा उज्वेकिस्तानले सबै जित निकाल्दै ११ गोल गरेको छ । नेपालले ३ गोल मात्र फर्काउन सकेको छ।
सन् २०१९ को नादेज्दा कपमा यी दुई टोली दुईपटक भिडेका थिए। समूह चरणमा २-० ले हार खेपेको नेपालले फाइनलमा पनि ३-२ को पराजय व्यहोरेको थियो।

फाइनलमा ३-० को पछाडि परेको अवस्थामा सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलले नेपाललाई पुनः खेलमा फर्काउने प्रयास गरे पनि समय अभावले बराबरी सम्भव हुन सकेन।
उज्वेकिस्तानसँग एसियन कपको पाँचपटकको अनुभव छ । जुन उसलाई थप आत्मविश्वास दिलाउने पक्ष हो। तर नेपाली टोलीका लागि यो इतिहास उल्ट्याउने अवसर हो । जसले नेपाली महिला फुटबलको नयाँ अध्यायको थालनी गर्न सक्छ।
भोलि हुने खेल, केवल एक प्रतिस्पर्धा होइन, नेपालको सपना, इतिहास र सम्भावनाको संगम हुनेछ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]