5 months ago
July 6, 2025
एजेन्सी – रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्व कपको सेमिफाइनलमा पुगेको छ।
अन्त्यतिर रोमान्चक बनेको खेलमा बोरुसिया डर्टमुण्डलाई ३-२ ले हराउँदै रियलले अन्तिम चारको यात्रा तय गरेको हो ।
सुरुवाती २० मिनेटमा नै २-० को अग्रता लिएर रियलले खेलमा पकड बलियो। दसौं मिनेटमा फ्रान गार्सियाको सटिक पासमा गोन्जालो गार्सियाले पहिलो गोल गरे। त्यसको १० मिनेटपछि फ्रान गार्सियाले नै नजिकबाट गोल गर्दै अग्रता दोब्बर बनाए।
डर्टमुण्डले जवाफी प्रयास गर्न संघर्ष गरिरहेको अवस्थामा, इन्ज्युरी समयको तेस्रो मिनेटमा म्याक्सिमिलियन बाएरले गोल फर्काएर केही आशा जगाए।
तर, त्यसको केही सेकेन्डमै परिवर्तित खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका किलियन एमबाप्पेले बाइसिकल किकमार्फत गोल गर्दै रियलको अग्रता पुनः बढाए ।

इन्ज्युरी समयको सातौं मिनेटमा रियलका डिफेन्डर डीन हुइजसेनलाई रातो कार्ड देखाएपछि डर्टमुण्डलाई पेनाल्टी प्राप्त गर्यो। त्यसमा सेर्हो ग्विरासीले गोलमा परिणत गर्दै खेललाई ३-२ बनाए।
डर्टमुण्डको अन्तिम चरणको दबाबका बाबजुद रियलले अग्रता जोगाउँदै जित सुरक्षित गर्यो। खेलको अन्त्यतिर थिबाउ कोर्ट्वाले गरेको महत्त्वपूर्ण बचाउले रियलको अग्रता कायम राख्न निर्णायक भूमिका खेले।
११ खेलको अपराजित यात्रासहित आएको डर्टमुण्ड प्रतियोगिताबाट बाहिरिएको छ।
रियल अब सेमिफाइनलमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी) सँग भिड्नेछ। पिएसजीले त्यसअघि नै बायर्न म्युनिखलाई २-० ले हराएको थियो।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]