9 years ago
March 6, 2017
लन्डन (एजेन्सी)–इङ्लिस प्रिमियर लिगमा आइतबार अलग अलग खेलमा टोटेनह्याम हटस्पर्सले र म्यानचेस्टर सिटी विजयी भएका छन् । टोटनह्यामले एभेर्टनलाई ३–२ ले र सिटीले सन्डरल्यान्डलाई २–० ले पराजित गरेको थियो ।

ह्यारि केनको गोलबाट अग्रता लिएको स्पर्सका लागि उनले नै गोल अग्रता दोब्बर पारेका थिए । केनले पहिलो गोल २० र दोस्रो गोल ५६ औं मिनेटमा गरेका थिए । ८१ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा खेलमा एभर्टनले खेलमा फर्कने संकत गरेको थियो ।
तर, डेले अलिले इन्जुरी समयको दोस्रो मिनेटमा टोटेनह्यामका लागि गोल गर्दै गोलअन्तरलाई पुनः बढाएका थिए । त्यसको एक मिनेपछि एन्नर भेलेन्सियाले गोल गर्दै खेलमा रोमाञ्कचा बढाएपछि खेल टोनेटह्यामले आफ्नो पक्षमा पार्न सफल भयो ।

सन्डरल्यान्डको मैदान स्टेडियम अफ लाईट्सुमा सिटीले दुई हाफमा एक एक गोल गर्दै विजय प्राप्त गरेको थियो । सर्जियो अग्वेरोको गोलबाट ४२ औँ मिनेटमा अग्रता लिएको सिटीका लेरोय सानेले हाफमा ५९ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
२७ खेलमा ५६ अंकसहित स्पर्स अंक तालिकको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्ष स्थानमा रहेको चेल्सीको ६३ र तेस्रो स्थानको सिटीको ५५ अंक छ । चेल्सीले आज अवे खेलमा वेस्ट ह्याम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]